नेपाल भारत–सम्बन्ध नै अशुद्ध

काठमाण्डु टुडे २०७१ साउन १८ गते ३:४६ मा प्रकाशित

काठमाण्डु, १८ साउन– भारतीय प्रधानमन्त्रीको दुई दिने नेपाल भ्रमणलाई सफल बनाउन सरकारले friendshipआफ्नो हैसियतअनुसार कुनै कसर बाँकी राखेको छैन ।
सुरक्षादेखि स्वागत सत्कारमा कमी नहुन सरकारले विशेष महत्व दिएको देख्न सकिन्छ ।

मोदी भ्रमणलाई लक्षित गरी मोदीले यात्रा गर्ने राजधानीका सडकका विभिन्न स्थान र चोकचोकमा स्वागतद्वारा निर्माण गरिएको छ ।

मोदीको फोटो राखेर बनाइएका सबै स्वागतद्वारमा अंग्रेजी अक्षर लेखिएको छ, ‘लङ लिभ नेपाल–भारत फ्रेण्डसिप’ ।

तर सरकारले नै राखेका सबै स्वागतद्वारमा अशुद्ध लेखिएको छ । friendship फ्रेण्डपिस हुनुपर्नेमा frindship लेखिएकोछ । बीचमा ई नै छैन । यसले सरकारी अधिकारीहरुको अपरिपक्वता दर्शाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us