मोदीसँगै आउँदैछन् जितबहादुर

काठमाण्डु टुडे २०७१ साउन १७ गते २:५० मा प्रकाशित

नवलपरासी, १७ साउन– भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी आउँदो आइतबार नेपाल आउँदा उनको परिवारमा हुर्केका कावासोतीका २६ वर्षीय jitbahadurजितबहादुर सारुमगर पनि सँगै आउँदैछन् ।
१६ वर्षदेखि मोदीको घरमा बस्दै आएका उनको शिक्षादिक्षा मोदीकै रेखदेखमा भइरहेको छ । जितवहादुरको परिवार कावासोती नगरपालिका–१ को लोकाहास्थित सुकुम्बासी बस्तीमा छ । उनका दाजु सिकर्मी काम गर्छन् भने भरमा सामान्य किराना पसल छ ।

मोदीले उनको परिवारलाई पनि भेट्ने इच्छा देखाएपछि भारतीय दूतावासका कर्मचारी रविन भट्टाचार्यले शुक्रबार उनकी आमा खगिसरा, दाजु दशरथ, भाउजु र बहिनी प्रेमकुमारीको नागरिकता र फोटो लगेका छन् ।

आफूहरुलाई मोदीले भेट्ने तय भएकाले चारैजना शनिबार काठमाण्डु जाने दाजु दशरथले बताए । उनीहरुको राजधानी जाने आउने र त्यहाँ बस्ने व्यवस्था भारतीय दूतावासले मिलाएको छ । मोदीले आफ्नो अगाडि जितबहादुरको पारिवारिक भेटघाट गराउन चाहेका हुन् ।

‘मलाई चार पाँच दिनदेखि होस्टेलबाट बाहिर कतै पनि नजानु भन्ने आदेश छ,’गुजरातको राई युनिभर्सिटीको होस्टलमा बसेर बीबीए तेस्रो वर्षमा अध्ययनरत जितबहादुरले भने ।

मोदी प्रधानमन्त्री भएर दिल्ली गएपछि उनी होस्टेलमा सरेका हुन् । कलेज छुट्टी हुँदा र अरु समयमा पनि आफ्ना गतिविधि मोदीले भनेअनुसार नै हुने गरेको जितबहादुरले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us