
काठमाण्डु, १७ साउन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पुर्वराजाज्ञानेन्द्र शाह र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई नभेट्ने भएका छन् ।
मोदीले कांग्रेस,एमाले,एमाओवादीका शीर्ष नेता तथापुर्वप्रधानमन्त्रीहरुसँग भने भेट गर्ने कार्यक्रम तय भएको छ । शुक्रबार साँझसम्म पुर्वराजा शाह र नेकपा–माओवादी अध्यक्ष वैद्यलाई भेट्ने कार्यक्रम तय नभएको स्रोतले बतायो ।
स्रोतका अनुसार मोदीले पूर्वराजा ज्ञानेन्द्रसँग भेटेमा उनको भ्रमण विवादास्पद हुने भन्दै भेटको कार्यक्रम नबनाइएको हो ।
नेपालमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आइसकेको अवस्थामा पुर्वराजालाई भेट्दा अर्को सन्देश जाने भएकाले भेटको कार्यक्रम तय नगरिएको स्रोतको भनाइ छ ।
उता भारतीय पक्षले नेकपा–माओवादीका नेताहरुसँग भने भेट्ने चाहना नराखेकोस्रोतको दाबी छ । नेकपा–माओवादीका सचिव देब गुरुङले पनि भारतीयप्रधानमन्त्रीसित आफ्नो पार्टीको भेटवार्ताको कार्यक्रम नरहेको जानकारी दिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।