
काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इलामको अर्थोडक्स चियाले स्वागत गरिने भएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मोदीलाई सोमबार व्यवस्थापिका–संसदमा इलामे चियाले स्वागत गर्ने भएका हुन् । त्यसका लागि इलामबाट स्पेशल चिया मगाइएको छ । इलाम सभाध्यक्ष नेम्वाङको गृहजिल्ला हो ।
इलामको ‘ब्ल्याक टी’ खाएर सोही दिन मोदीले व्यवस्थापिका–संसदमा विशेष सम्बोधन गर्नेछन् । चिया संसदकै चमेना गृहमा पकाइने छ ।