मोदीले ज्ञानेन्द्र र वैद्य नभेट्ने

काठमाण्डु टुडे २०७१ साउन १६ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, १६ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रमममा पूर्वराजा gynendra-baidhyaज्ञानेन्द्र शाह र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग नभेट्ने भएका छन् ।
स्रोतका अनुसार मोदीको भेटघाटको समय तालिकामा ज्ञानेन्द्र र वैद्यको नाम छैन । मोदीले नेपाल बसाइका क्रममा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई मात्र भेट्ने छन् ।

मोदीले राष्ट्रपतिलाई शीतलनिवास र प्रधानमन्त्रीलाई सिंहदरबारमा तथा अन्यलाई आफू बस्ने होटल हायातमा भेट्नेछन् ।
भारतीय दूतावास श्रोतका नेपालमा राजतन्त्र फर्काउन उद्धत तत्वलाई फाइदा पुग्ने ठानेर मोदीले ज्ञानेन्द्रलाई भेट्न नचाहेका हुन् । भारतमा मोदीको उदयसँगै कमल थापासहित नेपालका राजावदी उत्साहित भएका थिए ।

थापाले त सार्वजनिक कार्यक्रममै मोदीको आगमनले नेपाललाई हिन्दू राष्ट्रमा फर्काउन मद्धत पुग्ने दाबी गर्दै आएका छन् । यस्तो अवस्थामा ज्ञानेन्द्रलाई भेट्दा नेपालका गणतन्त्रवादी शक्ति र जनतामा आशंका बढ्ने बुझाइमा भारतीयहरु छन् ।

यद्यपि मोदीसँग ज्ञानेन्द्रको भेट गराउन राजावादीहरुको एउटा पक्षले अहिले पनि लैनचौरमा लविङ गरिरहेको छ । मोदी र ज्ञानेन्द्रको भेट गराउन पाए भारतको राजतन्त्र फर्काउने एजेण्डामा सहमति रहेको हल्ला मच्चाउन पाउने योजना राजावादीहरुको छ ।
मोदीले भारतप्रति अनुदार दृष्टिोकण राख्ने भन्दै नेकपा–माओवादी अध्यक्ष वैद्यलाई भेट्न नचाहेका हुन् । भारतलाई विस्तारवादी भन्दै आएको वैद्य माओवादीले पछिल्लो समय नेपाल–भारत प्रस्तावित उर्जा विकास सम्झौताको विरोध गर्दै आएको छ ।

बिहीबार मात्र प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर सो दलले नेतृत्व गरेको ३३ दलीय मोर्चाले भारतसँग विद्युत सम्झौता नगर्न दबाब दिएको थियो ।

वैद्य माओवादीका नेतालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि नेपाल भ्रमणका क्रममा भेटेकी थिइनन् । मोदी दुई दिने भ्रमणका सिलसिलामा आइतबार नेपाल आउँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us