प्रचण्डलाई भाइरल ज्वरो, तीन दिन आराम गर्न डाक्टरको सुझाव

काठमाण्डु टुडे २०७१ साउन १६ गते ६:०९ मा प्रकाशित

काठमाण्डु, १६ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् ।

Prachand-1उनलाई भाइरल ज्वरो आएको स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई जानकारी दिए ।

खड्काका अनुसार प्रचण्डको वीर अस्पतालका कार्यकारी निर्देशक डा. बुलन्द थापा र डा. लोचन कार्कीले स्वास्थ्य परीक्षण गर्दा भाइरल ज्वरोको लक्षण भेटिएको हो । चिकित्सकले कम्तिमा तीन दिनसम्म घरमै आराम गर्न सुझाव दिएको उनले बताए ।

‘अध्यक्षलाई भाइरल ज्वरो आएकाले डाक्टरहरुले दुई दिन औषधि खाएर घरमै आराम गर्न सल्लाह दिएका छन्’, खड्काले भने ।

अध्यक्ष बिरामी भएपछि एकीकृत माओवादीको आजका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएको छ ।

प्रचण्डले चिकित्सकको सुझावमा ‘एन्टिवायोटिक’ लिएका छन् ।

केही दिनअघि सासुको अन्त्येष्टिमा चितवन गएर फर्केपछि  प्रचण्ड अस्वस्थ भएको उनको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us