काठमाण्डु, १५ साउन– एकीकृत माओवादी पोलिट्ब्युरो सदस्य लीलामणि पोखरलले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबाट नेपाललाई कुनै लाभ
नहुने बताएका छन् ।
राजधानीमा बिहीबार भएको एक कार्यक्रममा पोखरेलले मोदी भ्रमणबाट ठूलै उपलब्धी हात लाग्ने भ्रममा नपर्न भने ।
उनले १९५० को सन्धिपछि नेपाल भारतबाट हेपिंदै आएको भन्दै उक्त सन्धि पुनरावलोकन नभएसम्म सम्बन्ध सुधार हुन नसक्ने प्रष्ट्याए । उनले भारतले नेपालको राजनीतिक, आर्थिक र भूमिजस्ता क्षेत्रमा हस्तक्षेप अतिक्रमण जारी राखेकाले सम्बन्ध सुधार हुन नसकेको बताए ।
उनले भारतले नेपाली चेली किनेर आफ्नो देशमा कोठी सञ्चालन गरिरहेको भन्दै आपत्ति जनाए । भारतले नेपाललाई गर्ने भनिएको सहयोग निस्वार्थ नहुने भन्दै पोखरेलले आफ्नो स्वार्थ पूरा गर्न सहयोगको आश्वासन आइरहेको दाबी गरे । ‘