
काठमाण्डु, १३ साउन – राजधानी त्रिपोलस्थित विशाल तेल भण्डारमा लागेको आगो निभाउन लिवियाले अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको छ । द्वन्द्वरत लडाकुबीच झडप हुने क्रममा प्रहार गरिएको रकेटबाट तेल भण्डारमा आगलागी भएको हो ।
९ करोड लिटर तेल अट्ने यो लिवियाको सबैभन्दा ठुलो भण्डार हो । त्यहाँबाट निस्क्रिहेको ठुलो मुस्लोले गम्भीर मानवीय र वातावरणीय दुर्घटना निम्त्याउन सक्ने चिन्ता लिविया सरकारले व्यक्त गरेको छ ।
‘थुप्रै मुलुकले विज्ञ अग्नी नियन्त्रकको टिम र विमान पठाउने इच्छा गरेका छन्,’प्रधानमन्त्रीले भनेका छन् । तेलका ट्यांक फुटेमा हुन सक्ने भयंकर विष्पोटको त्रासबीच ५ किलोमिटर आसपासका बस्ती खाली गर्न अपिल गरिएको छ ।
अनिश्चित सुरक्षाले बस्ती खाली गराउन कठिन छ । ब्रेगा कम्पनीले तेल भण्डार सञ्चालन गरेको हो । यो दुई सातादेखि विद्रोहीको युद्धस्थल बनिरहेको मुख्य विमानस्थल मार्गमै पर्छ ।
अग्नि नियन्त्रकलाई काम गर्न दिन अधिकारीहरुले दुबै पक्षसँग युद्धविराम आह्वान गरेका छन् ।