कारबाहीमा एक्काईस तालिवानको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन ११ गते १०:५० मा प्रकाशित

काबुल, ११ साउन – अफगानिस्तानमा तालिवानहरूका विरुद्ध अफगान प्रहरीले सैनिकको सहयोगमा गत २४ घण्टाभित्र गरेको कारबाहीको क्रममा २१ तालिवान आतङ्ककारीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको कारबाहीको क्रममा २१ आतङ्ककारीको मृत्यु हुनुको साथै र चार पक्राउ परेको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us