
काठमाण्डु –लोकप्रिय सामाजिक सञ्जाल फेसबुक विश्वभर ४० करोड सक्रिय प्रयोगकर्ताले मोबाइलबाट चलाउने गरेको तथ्य सार्वजनिक गरेको छ ।
यो आँकडा सम्पूर्ण प्रयोगकर्ताको ३० प्रतिशत हिस्सा हो । फेसबुकको संसारभर १.३ अरब प्रयोगकर्ता छन् ।
अहिले फेसबुकको कुल आय २ . ९१ अरब अमेरिकी डलर पुगेको कम्पनीले जनाएको छ । गत बर्ष उसको कमाइ १. ८१ अरब अमेरिकी डलर थियो ।