मुटु रोगीद्धारा सहयोगको याचना

काठमाण्डु टुडे २०७१ साउन १ गते १२:४३ मा प्रकाशित

धनगढी, १ साउन – आर्थिक समस्याका कारण मुटु रोगको उपचार गर्न नसकेर अलपत्र परेका एक युवकले आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् ।

धनगढी नगरपालिका–१२ जुगेडा गाउँका १८ वर्षीय राकेश सिंहले आर्थिक समस्याकै कारण मुटुको उपचार गर्न नसकेर आफ्नो जीवन सङ्कटमा परेकाले सहयोगको याचना गरेका हुन् ।

पीडित युवकका काका अम्बर सिंहले काठमाण्डुको सहिद गङ्गालाल हृदयरोग केन्द्रले राकेशको मुटुको दुईवटै भल्ब फेर्नुपर्ने र त्यसका लागि रु तीन लाख आवश्यक पर्ने बताएकाले गरिबीमा बाँचिरहेका राकेशलाई यति ठूलो रकमको जोहो गर्न समस्या भएकाले सहयोग गरिदिन आग्रह गरे । सहयोग गरी पुण्य कार्य गर्न चाहनेका लागि युवकको फोन नं ९८४८४५५२१९ मा सम्पर्क गर्न सकिनेछ ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत युवक सिंहको मुटुको उपचारमा सहयोग गरिदिन क्याम्पस र जिल्ला जनस्वास्थ्य कार्यालयले समेत सिफारिससहित अनुरोध गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us