प्रधानमन्त्री कोइराला क्यान्सर मुक्त !

काठमाण्डु टुडे २०७१ असार ३१ गते २:४७ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, ३१ असार – प्रधानमन्त्री सुशील कोइरालको फोक्सोको क्यान्सरको रेडियोथेरापी उपचार सकिएको छ । उनी ‘क्यान्सरमुक्त’ भएका छन् । उनलाई तीन महिनापछि फलोअपमा आउन अस्पतालले भनेको छ ।

अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा प्रधानमन्त्री कोइरालाको फोक्सोको क्यान्सको उपचार रेडियोथेरापी विधिबाट भएको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

करिब तीन साताको उपचारपछि प्रधानमन्त्रीको फोक्सोमा देखिएको दाग लगभग हराइसकेको उनका निजी चिकित्सक डा. करवीरथान योगीले दाबी गरेका छन् ।

बुधवार उनको रेडियोथेरापीको पाँचौ डोज सकिएको थियो । डा. योगीका अनुसार रेडियोथेरापीको डोज पूरा भएपछि डाक्टरहरुले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य पुनः परीक्षण गरेका थिए । उनको फोक्सोको एक्सरे पनि भएको थियो । अहिले फोक्सोको दाग करिब करिब हराएको योगीले बताए ।

सहयोगी मृदुला कोइरालाले प्रधानमन्त्री कोइरालालाई तीन महिनाभित्र फलोअपका लागि अस्पतालले बोलाएको जानकारी दिइन् । अब एक साताभित्र प्रधानमन्त्री कोइराला नेपाल र्फकने तयारीमा रहेको र एक दुई दिन भित्रै र्फकने मिति तय हुने पनि उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us