सरकारद्वारा बजेटसँगै पाँच विधेयक अनुमोदन

काठमाण्डु टुडे २०७१ असार २९ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, २९ असार – नेपाल सरकारको तर्फबाट अर्थमन्त्रीले आर्थिक वर्ष २०७१–०७२ का लागि व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने बजेट मन्त्रिपरिषद्को आइतबारको बैठकले अनुमोदन गरेको छ ।

opmcबजेटसँगै सरकारले आार्थिक विधेयक, विनियोजन विधेयक, पेश्की खर्च विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकहरु पनि संसदमा प्रस्तुत गर्नका लागि स्वीकृती प्रदान गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले बताए ।

कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षमा बसेको बैठकले सूचना विभागमार्फत पत्रपत्रिकालाई वितरण गर्ने लोककल्याणकारी विज्ञापनमा आव २०७०–०७१ देखि लागू हुने गरी २५ प्रतिशत रकम वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us