आमाले सम्पत्ति दिएपछि दिदीको हत्या

काठमाण्डु टुडे २०७१ असार २४ गते ७:०६ मा प्रकाशित

भारत– भारतमा भाईले दिदीको हत्या गरेका छन् । जग्गा विवादमा गोली हानेर दिदीलाई मारेको प्रहरीले बताएको छ ।

हत्यापछि फरार रहेका उनको ज्यान मुद्धामा खोजी भैरहेको छ । ३९ वर्षिया विद्या सोमबार आफ्नी आमालाई भेट्न स्कुटीमा माइत जादै गर्दा बाटोमा उनको भाइले गोली हानेर हत्या गरेको पुष्टि भएको छ ।

उनलाई टाउकोमा गोली लागेर मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

जानकारी अनुसार आमाले सबै छोरासरह छोरीलाई बराबर सम्पत्ति दिने निर्णय गरेपछि भाइ–बहिनीको सम्वन्ध विग्रिएको खुलासा भएको छ ।

हत्याको कारण यहि हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us