प्रेमिकाले २० लाख बोकेर भागौं भन्दा प्रेमीले मानेनन्

काठमाण्डु टुडे २०७१ असार १६ गते १२:१३ मा प्रकाशित

love_story

काठमाण्डु – सुन्दा अचम्म लाग्न सक्छ , भारतमा १८ वर्षीया केटीले मध्यरातमा केटासाथीलाई फोन गरेर भाग्न आग्रह गरेकी छिन् ।

केटा उनको घर छेउ पुग्दा उनी २० लाख बराबरको गहना झोलामा बोकेर घरबाहिर बसिरहेकी तथ्य खुलेको छ ।

तर केटाले उनको आग्रहलाई नकार्दै प्रहरी चौकीमा बुझाइ दिएका छन् । प्रहरीले केटी पक्षका परिवारलाई बोलाएर गहना जिम्मा लगाएका छन् ।

केटाको इमान्दारीतालाई प्रशंसा गर्दै बाबुआमाले बधाइ दिएका छन् ।

प्रहरीका अनुसार ती जोडीको प्रेम प्रसङग ३ वर्ष अघिदेखि चलेको बुझिएको छ । तर परिवारलाई भने केहि जानकारी नभएको बताएका छन् ।

गत शनिबार ती केटीले मध्यरातमा केटालाई भाग्न भनेकी थिइन् । खर्च चलाउनका लागि गहना बोकेर हिडेको ती केटीले बताएकी छिन् ।

गहनासहित नभागे केटीले ज्यान मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गर्न बाध्य भएको केटाले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us