धान राेप्ने जग्गामा युरिया मल नहाल्न किसानलाई सरकारको आग्रह

काठमाण्डु टुडे २०७१ असार १४ गते १४:१० मा प्रकाशित

काठमाण्डु, १४ असार– सरकारले धान रोप्न तयारी गरिएको जग्गामा युरिया मलको प्रयोग नगर्न किसानलाई आग्रह गरेको छ ।
urea malकृषि पत्रकार प्रतिष्ठान (जोना) ले शनिबार राजधानीमा गरेको ‘अर्थतन्त्रमा धानको योगदान’ विषयक अन्तक्र्रिया कार्यक्रममा कृषि विकास मन्त्रालयले कृषि विकास विभाग र नार्कले सिफारिस नगरेको बीउबिजन प्रयोग नगर्नसमेत आग्रह गर्‍यो ।

यसअघि प्राय: किसानले धान रोप्नुपूर्व तयारी जग्गामा युरिया मल र सिफारिस नगरिएको बीउबिजनको प्रयोग गरिदिँदा धान नफलेको देखिएको थियो । कतै नाङ्गो मकैको खोया लिएर किसान आन्दोलित भएका थिए ।

तयारी जग्गामा तत्काल युरिया मलको प्रयोगले माटो कडा हुने भएकाले धान रोपेको ३५ देखि ४० दिनभित्र मात्र युरियाको प्रयोग उपयोगी हुने विज्ञहरूको भनाइ छ ।
आइतबार असार १५ गते कृषि विकास विभागले ललितपुर जिल्लाको लेले–९ मा रोपाइँ महोत्सव आयोजना गरेको छ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत रहेको भए पनि प्रमुख अन्न बाली धानको मात्र २० प्रतिशत योगदान रहेको र यसको उत्पादन अझै बढोत्तरी गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको कृषि विज्ञहरूको भनाइ छ ।

नेपालमा कुल खेतीयोग्य जमिनको १५ लाख ७० हजार हेक्टर जग्गामा धान रोपाइा गर्न सकिने भए पनि हालसम्म ८ दशमलव ८ प्रतिशत खेतीयोग्य जमिनमा मात्र धान रोपाइँ हुँदै आएको छ ।

नेपाल सरकारले धानको उत्पादनमा क्रमश: ह्रास आउन थालेपछि किसानलाई धानप्रति उत्साहित पार्न बर्सेनि धान दिवस मनाउन लागेको हो । सरकारले यस वर्ष ११औं धान दिवसको अवसरमा ‘धानखेतीमा आधुनिकीकरण, खाद्यान्न आयातमा न्यूनीकरण’ भन्ने नारा अघि सारेको छ ।

नेपालमा जेठो बुढा, बास्मती, ताइचिन, मन्सुली, सावित्री, कृष्णभोग, राजभोगलगायत सयांै जातको धानको खेती हुँदै आएको छ । धानखेतीका लागि सिञ्चाइको सुविधा अनिवार्य पुग्नुपर्ने भए पनि हालसम्म १३ प्रतिशत जग्गामा मात्र सिञ्चाइ सुविधा पुगेको छ ।

विश्वमा धान बालीलाई प्रमुख खाद्यान्न बालीका रूपमा लिइन्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ५५ प्रतिशत जग्गामा धानखेती गरिन्छ । नेपालमा धानको उत्पादकत्व औशतमा प्रतिहेक्टर ३ दशमलव ३ देखि ३ दशमलव ४ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us