जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी

काठमाण्डु टुडे २०७१ असार ९ गते ९:३८ मा प्रकाशित

तेह्रथुम,  ९ असार– जंगली च्याउ खाँदा तेह्रथुमको म्याङलुङ नगरपालिकामा एकै परिवारका ४ जना सिकिस्त बिरामी भएका छन् ।

जंगली च्याउ खाँदा म्याङलुङ–८ आम्बुङका ६० वर्षीय लोकबहादुर लिम्बु, उनकी पत्नि रनमायाँ, छोरा मनीकुमार र ८ वर्षीय नाती विशवराज बिरामी भएका हुन् । आइतबार जंगली च्याउको तरकारी खाएका उनीहरुलाई सोमबार बिहानदेखि झाडावान्ता सुरु भएको थियो ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चारैजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । तेह्रथुममा जंगली च्याउ खाएर एक साताअघि मात्र एक वृद्धाको ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us