छोरी पाएको निहुँमा श्रीमती र छोरीको घाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७१ असार ९ गते ७:३१ मा प्रकाशित

काठमाण्डु– भारतको नयाँ दिल्लीमा ३० वर्षीय व्यापारी अजित कुमारले आफ्नी श्रीमती र छोरीको निर्मम हत्या गरेका छन् ।

delhi-crimeउनले गत शनिबार २७ वर्षीया श्रीमती शालिनी र ३ वर्षीया छोरी वंशिकाको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार श्रीमतीले छोरी जन्माएपछि कुमार दु:खी भएका थिए । उनीहरुको विवाह सन् २०१० मा भएको थियो । विवाह पछि उनीहरुको सम्बन्धमा दरार आएको प्रहरीको अनुसन्धानले बताएको छ ।

यी जोडीले २०१२ मा अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । तर अदालतले विवाद सुल्झाउनका लागि १ वर्षको समय दिएको थियो ।

तर कुमारले यी संभावनाका ढोका सबै बन्द गरिदिएका छन् । गत शनिबार राती ११:३० मा श्रीमतीको घाँटी रेटेर हत्या गरेर २ तलामाथिबाट फ्याँकिदिएका छन् ।

त्यसलगत्तै छोरीको घाँटी थिचेर हत्या गरी आफ्नै पसल अगाडी लासलाई छातीमा टाँसेर बसेका थिए ।

प्रहरीका अनुसार उनले आफ्नी श्रीमती र छोरीको आफैले हत्या गरेको स्वीकारेका छन् ।

कुमारकी आमा र भाईलाई पनि प्रहरीले दाइजोको निहुँमा गिरफ्तार गरेको छ । शालिनी दाइजोको नल्याएको भन्दै विवाहको सुरुवाती दिनदेखि नै प्रताडित थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us