व्यवस्थापन समिति अध्यक्षले कुटे शिक्षक

काठमाण्डु टुडे २०७१ असार ९ गते ७:०७ मा प्रकाशित

म्याग्दी, ९ असार– म्याग्दीको राखु भगवती–९ मा रहेको देउराली प्राविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शिक्षकमाथि हातपात गरेका छन् ।
विद्यालयको बैठकमा भनाभन हुँदा व्यवस्थापन समिति अध्यक्ष थानबहादुर भण्डारी र उनका छोरा प्रकाशले सोही विद्यालयका शिक्षक दीर्घादत्त शर्मामाथि हातपात गरेको प्रहरीले जनाएको छ ।
बैठकमा सामान्य भनाभनपछि भण्डारीका बाबु छोराले शिक्षक शर्मालाई कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते शर्मालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us