समयमै संविधान ल्याउन समर्पित हुन्छु: ओझा

काठमाण्डु टुडे २०७१ असार ९ गते ४:५० मा प्रकाशित

कैलाली, ९ असार– कैलाली–६ बाट उपनिर्वाचनमा विजयी काँग्रेसका पुष्करनाथ ओझाले निर्धारित समयमै लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।
विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओझाले आफ्नो जित सम्पूर्ण लोकतन्त्रवादीको जित भएको बताए ।
‘मेरो जित सम्पूर्ण प्रजातन्त्रवादीहरुको जित हो’, ओझाले भने, ‘छिटोभन्दा छिटो लोकतान्त्रिक संविधान निर्माणमा आफूलाई समर्पित गर्नेछु ।’ उनले धनगढी नगर क्षेत्रलाई आधुनिक सहरमा विकास गर्न सक्दो पहल गर्ने बताए । आइतबार सम्पन्न उपनिर्वाचनमा ओझा १४ हजार ७८४ मतका साथ विजयी भएका हुन् । ओझा निर्वाचित भएको घोषणालगत्रै काँग्रेस कार्यकर्ताले धनगढीमा विजय जुलुस निकालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us