आज अन्तर्राष्ट्रिय एकल महिला दिवस

काठमाण्डु टुडे २०७१ असार ९ गते ३:१३ मा प्रकाशित

काठमाण्डु, ९ असार– अन्तर्राष्ट्रिय एकल महिला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइंदैछ ।
दिवसको यस वर्षको नारा ‘एकल महिलाप्रति हुने यौन हिंसा अन्त्य गरौं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा एकल महिलाको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले राजधानीसहित देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा एकल महिला समूहले राजधानीमा एकल महिला सभासद्लाई सम्मान गर्दैछ । एकल महिलाप्रति समाजमा सकारात्मक धारणा विकास गराउने उद्देश्यका साथ हरेक वर्ष जुन २३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर करिब २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् ।
नेपालको जनगणना–२०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us