उद्योग बाणिज्य संघ शिवगञ्ज शाखामा नयाँ नेतृत्व

काठमाण्डु टुडे २०७१ जेठ २६ गते १:३१ मा प्रकाशित

दमक, २६ जेठ– झापा उद्योग वाणिज्य महासंघ शिवगन्ज शाखाको अध्यक्षमा वीरेन्द्रप्रसाद यादव निर्वाचित भएका छन्  ।
संघको आइतबार राति सम्पन्न १५ औं साधारणसभाबाट वाणिज्य उपाध्यक्षमा नरेशकुमार मिश्र, उद्योग उपाध्यक्ष रामनरेश शर्मा, सचिव तेज लामगादे, वाणिज्य सचिव सुरेशकुमार अग्रवाल, उद्योग सचिव पार्वती ताजपुरिया र कोषाध्यक्षमा टङ्कप्रसाद मैनाली निर्वाचित भएको निर्वाचन समिति संयोजक गङ्गानन्द झाले जानकारी दिए ।

समितिको सदस्यमा शङ्करलाल हजाम, राजेन्द्र गणेश, जितबहादुर थेबे,  टीकाराम सिटौला, होमप्रसाद राजवंशी तथा महिला सदस्यमा सुनिता लिम्बू र मेनुका बाँस्कोटा निर्वाचित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us