नेप्से परिसूचक करिब चार अंक बढ्यो, सेञ्चुरी कमर्सियलको दुई ८० मा कारोबार रोकियो

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ११:२५ मा प्रकाशित
काठमाण्डु २५ जेठ–  साताको पहिलो दिन आइतवार नेप्से ३.८८ अंकले घटेको छ । बीमा, टेर्डिङ, होटेल समूहको परिसूचक घटेपनि बैंकिङ, जलविद्युत् कम्पनी समूहको परिसूचकमा सुधार भएपछि नेप्से बढेको हो । 
nepseबीमा समूहको परिसूचक १३.५५ अंकले घटेको छ , कारोबारको मध्यसम्म बढ्दो क्रममा रहेको होटेल समूहको परिसूचक भने अन्त्यमा ३.७६ अंकले घटेको छ ।  
होटेल समूहका ओरियण्टल र तारागाँउ होटेलको मूल्य घटेपछि यो समूहको परिसूचक घटेको हो । पाँच सय ६० का किनबेच भइरहेको सोल्टि होटेलको सेयर मूल्य अन्त्यमा घटेर पाँच सय ५० मार करोबार भयो । होटेलको अघिल्लो दिनको अन्तिम मूल्य र आइतवारको अन्तिम मूल्य भने बराबर छ ।
बैंकिङ समूहको परिसूचक ५.१५ अंकले र जलविद्युत् समूहको परिसूचक १.०३ अंकले बढेको छ । 
आइतवारबाट पहिलो कारोबार भएको सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य दुई सय ८० कायम भएको छ । बैंकको ९८ हजार ४९ कित्ता सेयर कारोबार भयो । बैंकको सेयर अधिकत्तम दुई सय ८४ रुपैयाँ र न्युनतम दुई सय ६० सम्ममा कारोबार भयो ।
आफु मार्फत् भएको सेयर कारोबार राफसाफ नगरेपछि आइतवार छ ब्रोकर कम्पनी कारोबारबाट आउट भए । सगरमाथा सेक्युरिटिज (ब्रो.१८), सिल्पा सेक्युरिटिज (ब्रो.२०), त्रिशुल सेक्युरिटिज (ब्रो.२९), प्रिमियर सेक्युरिटिज (ब्रो.३२), दिपशीखा धितोपत्र (ब्रो.३८) र इम्पेरियल सेक्युरिटिज (ब्रो.४५) कम्पनी आउट भएका हुन् । बजारमा कुल करोबार रकम पनि केही घटेर ३८ करोड रुपैयाँमा सिमित भएको छ । ब्रोकर कम्पनीहरु आउट भएपछि पनि कारोबार रकम केही घटेको हो ।
पछिल्लो समय एनसीसी बैंकको सेयर कारोबार बढ्ने क्रममा रहेको छ । बैंकको अइतवार पनि तीन करोड २२ लाख रुपैयाँको सेयर किनबेच भयो । बैंकको दुई हजार कित्ता, तीन हजार कित्ताको दरमा केही पटक म्याचिङ कारोबार पनि भएको देखिन्छ । कम्पनीको गत सातादेखि करोबार बढ्ने क्रममा देखिएको छ । 
इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकको सेयर मूल्य नौं प्रतिशत र  काष्ठमण्डप डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्सको दुवैको सेयर मूल्य छ प्रतिशतले बढेको छ ।  

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us