प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १३:२३ मा प्रकाशित

pmकाठमाण्डु, २३ जेठ – प्रधानमन्त्री सुशील कोइराला उत्तर छिमेकी चीनको दुई दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् ।
कोइराला चीनको कुनमिङमा भएको साउथ एसिया एक्स्पोमा सहभागी हुन ५३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ गएका थिए ।

स्वदेश फर्कनुअघि उनले बिहीबार भेलाको उदघाटन गरे । भेला उदघाटन गर्दै कोइरालाले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई समक्ष आग्रह गरे । नेपालको जलविद्युत, पर्यटन र औद्योगिक क्षेत्रमा लगानी बढाउन उनको आग्रह थियो ।

नेपाल संविधान निर्माणको चरणमा रहेको र एक वर्षभित्र नयाँ संविधान जारी भइसक्ने भन्दै उनले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे । भ्रमणका क्रममा चीनले नेपाललाई उच्च महत्व दिएको भन्दै कोइरालाले धन्यवाद दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us