नेप्से ३.६१ अंक तल, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सको तीन करोड रुपैयाँको सेयर म्याचिङ

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, २३ जेठ –साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३।६१ अंकले घटेको छ ।

nepseब्रोकरहरु अहिले बजारमा लगानीकर्ताहरु प्रफिट बुकिङमा लागेकोले बजार केही तल ओर्लिएको बताउँछन । बैंकिङ, जलविद्युत्, बीमा समूहको परिसूचकमा घटेपछि नेप्सेमा सुधार हुन सकेन । पछिल्लो साय नेप्सेलाई यीनै समूहले निर्देशित गर्दै आएका छन । बैंकिङ २।४४ अंक, जलविद्युत् २१।७२ र बीमा ३८।८८ अंकले घटेका छन ।

त्यस्तै, बुधवार कारोबारबाट आउट भएकोसगरमाथा सेक्युरिटिज ९ब्रोकर नम्बर १८० बिहीवार पनि आउट भयो । डायनमिक मनि म्यानेजर ९ब्रोकर नम्बर ४४० पनि बिहीवार कारोबारबाट आउट भयो । कारोबार भएपछिको तेस्रो दिन भित्र कारोबार राफसाफ गर्न नसकेमा ब्रोकरहरुको कारोबार लिमिट कम हुन्छ र उनीहरुलाई ती राफसाफ नगरेसम्म कारोबारबाट आउट गरिन्छ । यी ब्रोकर कम्पनीहरुले कारोबार भएको रकम नबुझाएको कारण आउट गरिएको नेप्सेले उल्लेख गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर समायोजनले सेयर मूल्य घटेको छ । कम्पनीको बोनस सेयर समायोजन पछिको मूल्य एक हजार एक सय १३ रहेको नेप्सेले जनाएको छ । कम्पनीको एक हजार एक सय १२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीको समायोजन अघि सेयर मूल्य एक हजार तीन सय ३५ रुपैयाँ रहेको थियो ।

असार पाँच गते हुने कम्पनीको १७ औं बार्षिक साधारण सभामा २२।१० नगद लाभांश र २० प्रतिशत बोनस सेयर प्रस्ताव लैजादै छ । कम्पनीको सेयरमा बुधवारसम्म लगानी गरेकाहरुले मात्र बोनस सेयर पाउँने छन । कम्पनीले जेठ २२ गते नै बुक क्लोज भएको जानकारी यसअघि गराएको थियो ।

एनडीइपी डेभलपमेन्ट बैंकसंगको मर्जरको खबरले यति डेभलपमेन्ट बैंकको सेयर मूल्य ६४ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । यही जेठ १२ गते ७९ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भइरहेको यतिको सेयर मूल्य एक सय ३० रुपैयाँ पुगेको छ । इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको तीन करोड रुपैयाँको सयर म्याचिङ कारोबार भएको छ । कम्पनीको सेयर ब्रोकर नम्बर ४९ बाट म्याचिङ गरिएको हो ।

सात रुपैयाँले मूल्य बढेको कम्पनीको कुल कारोबार भने तीन करोड ७३ लाख रुपैयाँको भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us