विशाल बजारका संचालकविरुद्ध आरोपपत्र दायर

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ९:११ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्धारा विशालवजार कम्पनी लिमिटेडको संचालक समितिका ८ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।

akhtiyarआयोगले संचालक समितिका पदाधिकारीहरु रविन्द्रलाल श्रेष्ठ, अशोकजीव तुलाधर, निर्मलकुमार धानुका, गौतमलाल श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, भवानीराज पाण्डे, विजयकुमार वानिया र बासुदेव बिष्ट विरुद्ध आरोप पत्र दायर गरेको हो । उनीहरूले ९ करोड ७४ लाख ८० हजार ३६६ रूपैयाँ भ्रष्टाचार गरेको अभियोग छ ।

पसलकवल भाडामा लिंदादिंदा अनियमितता भएको भन्दै परेको उजुरीको छानविनका क्रममा विशेष अदालत, कम्पनी रजिष्टारको कार्यालय र कम्पनी बोर्ड आदेशको पालना नगरेको, शेयर र पसलकवल अविभाज्यरूपमा गाभी करारनामा स्वतः नविकरण हुने शर्त राखी अनन्तकालसम्म पसलकवलमा हक कायम राख्ने बदनियत राखी सोही बमोजिमको बिनियमावली बनाई ८६९ जना शेयरधनी मध्ये करिब एक तिहाईलाई मात्र पसल वहालमा उपलब्ध गराएको पाइएको छ ।

यस्तै करिब ३४ प्रतिशत शेयर रहेको नेपाल सरकारको पुर्ण स्वामित्व रहेका नेपाल खाद्य संस्थान¸ कृषि सामग्री कम्पनीलाई एउटै पनि पसलकवल उपलब्ध नगराएको पाइएको अख्तियारले जनाएको छ ।

शेयरसंग गाभिएका पसलकवलहरूको बहालदर र कम्पनीकै भवनको कोठा बहालमा लिएको एनआईसी बैंकले कम्पनीलाई तिर्दै आएको बहाल रकमको भिन्नताको आधारमा कायम हुन आएको ९ करोड ४५ लाख ९० हजार ३६६ र विल भरपाई पेश गर्न नपर्ने गरी आफुखुसी बाँडेको २८ लाख ९० हजार गरी ९ करोड ७४ लाख ८० हजार ३६६ रूपैयाँ विशालबजार कम्पनीलाई हानी नोक्सानी पुर्याएको अख्तियारको दावी छ ।

अभियोग पत्रमा अख्तियारले ९ करोड ७४ लाख ८० हजार ३६६ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा १७¸ तथा दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड झ बमोजिम सजाय माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us