आजदेखि कुन्मिङ्मा व्यापार मेला

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ३:०४ मा प्रकाशित

काठमाण्डु, २३ जेठ –चीनको युनान प्रान्तकको कुन्मिङमा आजदेखि दक्षिण एसिया ब्यापार मेला सुरु हुँदै छ । दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका नेताहरुको सहभागिता रहने मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री शुसील कोइरालाले स्थानीय समयअनुसार दिउसो ३ बजे सम्बोधन गर्ने भएका छन् ।

कुल ८० स्टल रहने मेलामा निर्यात योग्य नेपाली उत्पानहरु राखिनुका साथै नेपाली बस्तु, संस्कृति र पर्यटनबारे सुचना प्रवाह गर्ने ब्यवस्था गरिएको छ ।

मेलामा नेपाली साँस्कृत टोलीले सांस्कृतिक कार्यक्रम पनि गर्ने छन् । युनानको प्रान्तिय सरकार र चिनको वाणिज्य मन्त्रालयद्धारा संयुक्त रुपमा आयोजनामा हुने मेलामा दक्षिण एसिया र दक्षिणपुर्वि एसियाका ४६ राष्ट्रको सहभागिता रहने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us