सामुदायिक वन उपभोक्ता महासङ्घमा कार्की

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – सामुदायिक वन उपभोक्ता महासङ्घको पाँचाँै राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश कार्की सर्वसम्मत चयन भएका छन् ।

महासङ्घको यही जेठ १८ गतेदेखि सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा भीमप्रकाश खड्का, महासचिवमा भारती पाठक, सचिवमा बिर्ख शाही र कोषाध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन् ।

महासङ्घको ७७ सदस्यीय समावेशी चरित्रको कार्यसमिति सदस्यमा ठाकुर भण्डारी, बलबहादुर राई, मीरा केरु, पार्वती विक, पवित्रा राउटे, वनमाया चेपाङ, शिद आङ्ला, आङ्निमा शेर्पा, सोनाम लामा, हेममाया मोक्तानलगायत रहेका छन् ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष कार्कीले आफूले वनको दिगो व्यवस्थापन गरी वनमा आधारित उद्यमको विकास गर्दै स्वाधीन वनसम्बन्धी रोजगारी सिर्जना गर्न सामुदायिक वन अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चार दिनसम्म चलेको उक्त महाधिवेशनमा देशभरीबाट ६१० प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार जनाको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us