लिलामणि जिताउन एमाओवादीका कुन कुन नेता खटिए ?

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ६:१८ मा प्रकाशित

Lilamaniकाठमाण्डु २२ जेठ-आगामी असार ८ गते हुने उप निर्वाचनका लागि काठमाण्डु-२ का उम्मेदवार लिलामणि पोखरेललाई जिताउन एमाओवादीका नेता कार्यकर्ता परिचालित भएका छन । पोखरेललाई जिताउन दुई पदाधिकारीसहित चार स्थायी समिति सदस्य,पाँच पोलिटव्यूरो सदस्य र १६ जना केन्द्रीय सदस्य परिचालित भएका छन ।

सचिव बर्षमान पुनको नेतृत्वमा कोषाध्यक्ष हरिबोल गजुरेल,स्थायी समिति सदस्यद्धय अग्नी सापकोटा र देवेन्द्र पौडेल पोखरेललाई जिताउन परिचालित भएका छन । त्यसैगरी पोलिटव्यूरो सदस्यहरु बिश्वभक्त दुलाल,हिसिला यमी,झक्कुप्रसाद सुवेदी,शशी श्रेष्ठ र ध्रुव पराजुली पनि पोखरेल जिताउने अभियानमा खटिएका छन ।
त्यसैगरी केन्द्रीय सदस्यहरु गंगा कार्की,बलराम तिमिल्सिना,आरसी शर्मा,सुर्यमान दोंग,धावा लामा,सीता पोखरेल,देवी खडका,भिम कडायत,केशव नेपाल,दिलिप महर्जन,धर्मदत्त देवकोटा,अञ्जना बिशंखे,लक्की शेर्पा,खिमलाल देवकोटा,शालिक राम जम्कटटेल,बलावती शर्मा पनि पोखरेल जिताउने अभियानमा खटिएका छन ।
त्यसैगरी ५६ जना जिल्ला समिति सदस्य र थप एक सय १९ जना अगुवा कार्यकर्ता पोखरेललाई जिताउने अभियानमा खटिएका छन ।

काठमाण्डु २ नम्बर क्षेत्रका जनताले एमाले नेता माधवकुमार नेपालले आफूलाई धोका दिएको महसुस गर्नु,एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ अन्य क्षेत्रबाट त्यहाँ आउनुले एमाले प्रति आकर्षण नरहेको र आफूप्रति आकर्षण बढेको पोखरेलले बताए ।
काठमाण्ड २ नम्बर क्षेत्रमा पोखरेल र काँग्रेसका उम्मेदवार दीपक कुइकेल स्थानीय हुन । पोखरेल २५ बर्षदेखि २ नम्बर क्षेत्रमा बस्दै आएका छन । काँग्रेस र एमालेमा बढेको असन्तुष्टीको लाभ आफूले पाउने बिश्वास पोखरेलले लिएका छन । काँग्रेसले संबिधानसभा निर्वाचनमा दोस्रो स्थान ल्याउने उम्मेदवारलाई नदिएर कुइकेललाई उम्मेदवार बनाउनु र एमालेले २ नम्बर क्षेत्रका क्षमतावान नेता कार्यकर्तालाई व्यवास्ता गरी अन्य क्षेत्रबाट उम्मेदवार ल्याएर उठाउनुले पनि आफूलाई अनुकुल भएको पोखरेलले बताए । राष्ट्रिय व्यक्तित्वको हिसावले पनि कुइकेल र श्रेष्ठ भन्दा पोखरेल अब्बल मानिन्छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us