
काठमाण्डु, २२ जेठ– विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
‘रिलिज यूवर भोइस नट दि सि लेभल’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस २०१४ विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपालमा हिमाल जोगाऔं वातारण जोगाऔं भन्ने मूल नाराका साथ वातावरण दिवस मनाईदै छ । विश्व वातावरण दिवसको अवसर पारेर वातावरण मन्त्रालयले आज विहान सदर चिडिया घर जावलाखेलबाट ¥याली निकालेको छ ।
जावलाखेलबाट सुरुभएको ¥याली प्रज्ञाभवनमा पुगेर सभामा परिणत भएको थियो । वातावरण दिवसको अवसरमा विभिन्न संघ संस्थाले राजधानीको बसन्तपुर बाट साइकल ¥याली निकालेका छन् ।