संविधानसभामा संघीयतबारे बहस जारी

काठमाण्डु टुडे २०७१ जेठ २२ गते २:२७ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– राज्य पुनसंरचनाका विषयमा छलफल गर्न संविधानसभाको बैठक आज पुन: बस्दैछ ।
ca houseबिहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभासदहरुले अघिल्लो संविधानसभाको राज्य पुन:संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदाका सहमति र असहमतिसम्बन्धी प्रतिवेदनमाथि धारणा राख्ने छन् ।

छलफलमा हालसम्म १ सय ३० जना सभासदले धारणा राखिसकेका छन् । बोल्न नाम टिपाएका २ सय ७० सभासदले अझै धारणा राख्न बाँकी छ । हालसम्म बोल्ने अधिकांश सभासदले संघीयताको आधार बहुपहिचान हुनुपर्ने र हरेक प्रदेशमा सबै जाति, क्षेत्र र भाषाभाषीको समान अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us