राष्ट्रपति र प्रधानमन्त्रीकाे बधाई सन्देश

काठमाण्डु टुडे २०७१ जेठ २२ गते २:०३ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले डेनमार्कको संविधान दिवसको अवसरमा आज त्यहाँका महारानी मारग्रेट द्वितीय र प्रधानमन्त्री हिले थ्रोर्निङ–सेमिडलाई बधाई दिएका छन् ।

उनीहरुको सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुस्वास्थ्य, सुखका साथै डेनमार्कका जनताको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

साथै दुई देशबीच रहिआएको मैत्री सम्बन्ध आउँदा वर्ष अझ प्रगाढ हुँदै जाने विश्वास पनि बधाई सन्देशमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us