यार्साबाट करोडौँ बराबरको राजस्व सङ्कलन, लाखौँको राजस्व छली

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ११:१२ मा प्रकाशित

yarsaडोल्पा, २१ जेठ – जिल्लामा यही जेठ ८ गतेदेखि सुरु गरिएको यार्सा सङ्कलन इजाजतपत्र वितरणबाट शे–फोक्सुन्डो राष्ट्रिय निकुन्जले हालसम्म रु दुई करोड नौ लाखको हाराहारीमा राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले रु ९० लाख सङ्कलन गरेको छ । अझै माथिल्लो डोल्पाका दुई स्थानको खबर आउन बाँकी रहेको निकुन्जले जनाएको छ ।

निकुञ्जले जिल्ला बाहिरका लागि प्रतिव्यक्ति रु तीन हजार, संरक्षण क्षेत्रभित्रका लागि रु ५०० र संरक्षण क्षेत्र बाहिरका लागि रु दुई हजार शुल्क उठाएको थियो ।

गत वर्ष मध्यवर्ती व्यवस्थापन समितिले सबै वनमा आफँैले शुल्क उठाउने गरे तापनि यस वर्र्ष मध्यवर्तीको वनमा मध्यवर्ती आफैँले र निकुञ्जको १६ वटा वनमा निकुन्ज आफँैले राजस्व सङ्कलन गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us