
काठमाण्डु, २१ जेठ– कम्बोडीयाको सिमरिम प्रान्तमा इनारमा फालिएको ४४ रुपैयाँ टिप्न जाने होडमा सात बालबालिकाको ज्यान गएको छ ।
उनीहरु एक व्यक्तिले फालिदिएको ४४ रुपैयाँ र लाइटर टिप्न इनारमा पसेका थिए ।
एकजना नआएपछि उसलाई बचाउन इनारमा पस्दा अक्सिजनको कमिको कारण उनीहरुको मृत्यु भएको थाहा लागेको छ ।
ती बालबालीका गरिबीका कारण त्यसो गर्न बाध्य भएका स्थानियबासीको भनाइ रहेको छ ।