अवैध यार्सा गुम्बासहित पाँच पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २० गते १४:१४ मा प्रकाशित

चौतारा, २० जेठ– भन्सार छलेर लुकाइछिपाइ चीनको खासातर्फ लैजान लागेका दुई किलो २५० ग्राम यार्सागुम्बासहित सिन्धुपाल्चोकका पाँच जनालाई लार्चास्थित सीमा प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फुल्पिङकोट–८ का धनजीत तामाङ, सिंहबहादुर तामाङ, फुल्पिङकोट– ९ का जयलाल तामाङ, माङ्खा– ५ का मिङ्मार तामाङ र माङ्खा–७ का माइला पाख्रिन रहेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।
काठमाण्डुबाट तातोपानीतर्फ गइरहेको बा २ ख ८४१९ नम्बरको बसमा नियमित जाँचका क्रममा उनीहरुको साथबाट उक्त परिमाणको यार्सागुम्बा बरामद भएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us