मणिपाल घटना छानविनका लागि समिति गठन

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ८:०१ मा प्रकाशित

पोखरा, २१ जेठ – पोखराको मणिपाल शिक्षण अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न समिति गठन भएको छ ।
manipal hospital

जिल्ला प्रशासन कार्यालय कास्कीको रोहबरमा अस्पताल व्यवस्थापन र पीडितबीचको छलफलपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा. रवि शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा मणिपाल अस्पतालका तर्फबाट डा. जेएसएस शर्मा र पीडितका पक्षबाट एक जना विशेषज्ञ चिकित्सक रहने छन् । समितिलाई घटनाबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन दिन भनिएको छ ।

कास्की हेम्जाकी कोपिला भण्डारीको शल्यक्रिया गरी बच्चा निकालेपछि आइतबार राति ज्यान गएको थियो ।

मृतकका आफन्तले घटनामा चकित्सकको लापरबाही देखिएको भन्दै अस्पतालमा नाराबाजीसहित प्रदर्शन गरेका कारण मंगलबार सेवा समेत प्रभावित भएको थियो ।

कार्की सामुदायिक रेडियो हेम्जाकी कार्यक्रम प्रस्तोता थिइन् । शल्यक्रिया गरी निकालिएको शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us