डब्लुटिओका महानिर्देशक नेपाल आउँदै

काठमाण्डु टुडे २०७१ जेठ २० गते ११:०२ मा प्रकाशित

काठमाण्डु, २० जेठ – विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का महानिर्देशक रोबर्टो आजेभेडो एक दिने नेपाल भ्रमणमा बुधबार नेपाल आउँदै छन् ।

अति कम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा उनी नेपाल भ्रमणमा आउन लागेका वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

विश्व व्यापार सङ्गठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापासँग भेटवार्ता हुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us