पर्यटन विकासका लागि एक अर्ब बजेट माग

काठमाण्डु टुडे २०७१ जेठ १८ गते १२:२४ मा प्रकाशित

विराटनगर, १८ जेठ – सुनसरी र धनकुटाका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकासका लागि कालोपत्रे सडक निर्माण गर्न लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिष्ठान विराटनगरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यसँग रु एक अर्ब निकासा माग गरेको छ ।

सुनसरीको बराहक्षेत्रमा एक कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री आचार्यसमक्ष प्रतिष्ठानका संस्थापक अध्यक्ष कविमान वज्राचार्यले ज्ञापनपत्र बुझाउँदै सुनसरीको वराहक्षेत्र ७, ८, ९, विष्णुपादुका गाविसको वडा नं ३ देखि ८ सम्म तथा धनकुटा र सुनसरीको सिमानामा पर्ने सिद्याश्रमसम्मको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न कालोपत्र बाटो आवश्यक रहेको बताए ।

सो अवसरमा मन्त्री आचार्यले माग गरिएको विषयलाई मन्त्रिपरिषद् बैठकमा राख्ने र निकासका लागि पहल गर्ने आश्वासन दिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us