टेलिकमले ल्यायो नयाँ अफर, सय रुपैयाँमा सिम र रिम किन्दा सय बराबरकै कुरा गर्न पाइने

काठमाण्डु टुडे २०७१ जेठ १७ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, १७ जेठ – नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा सिडिएमए रिम कार्ड र जिएसएमकोप्रिपेड सिमकार्ड एक सय रुपैयाँमा दिने योजना ल्याएको छ ।

nepal telecom(4)ग्राहकले एक सयमा किनेको रिम र सिम कार्डमा एक सय रुपैयाँ नै बराबरको टकभ्यालु पाउँनेछन् ।

‘एक सयमा किनेको सिम र रिममा एक सय बराबरकै टक भ्यालुदिने भनेको सित्तैमा दिनु सरह नै हो,’ टेलिकम प्रवक्ता गुणकेशरी प्रधानलेबिजमाण्डूसँग भनिन् ।
आइतबारदेखि लागु हुने यो योजना असार मसान्तसम्म सञ्चालन हुने टेलिकम व्यापार व्यवस्थापन विभागले जनाएको छ ।
टेलिकमको विक्री काउन्टरबाट यो सुविधा लिनलाई ग्राहकले सक्कली नागरिकतासहित एकप्रति फोटोकपी र एउटा फोटो अनिवार्य लैजानु पर्ने टेलिकमले जनाएको छ।
यसैगरी गणतन्त्र दिवसकै अवसर पारेर टेलिकमले कोरिया र मलेसियामा कल गर्दाछुटको व्यवस्था गरेको छ । छुट अनुसार ग्राहकले प्रति मिनेट चार रुपैयाँमाकुराकानी गर्न पाउनेछन् । चार रुपैयाँमा कर समावेश गरिएको छैन ।
सुरुमा १४२४ डायल गरेपछि कोरिया र मलेसियाको नम्वर डायल गरेर मात्रैउपभोक्ताले यो सुविधा लिन सक्नेछन् । टेलिकमले आगामी भदौ १३ गतेसम्म मात्रैयो छुट दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us