
रुस समर्थक पृथकतावादीले उडिरहेको एक युक्रेनी सैन्य हेलिकप्टरमाथि आक्रमण गरेका छन । आक्रमणका कारण हेलिकप्टर जमिनमा खस्दा एक जनरलसहित १२ जना जवानको मृत्यु भएको छ ।
पृथकतावादीहरुको कब्जामा रहेको पूर्वी युक्रेनको विभिन्न क्षेत्रमा सैन्य शिविर स्थापनाका लागि सैनिकहरु लिएर जाँदै गरेको हेलिकप्टरमाथी आक्रमण भएको हो । आक्रमणकारीहरुले अर्को एक हेलिकप्टर पनि उडिरहकै अवस्थमा आक्रमण गरेर जमिनमा खसालिएको बताएका छन ।
युक्रेनका राष्ट्रपति अलेक्जेण्डर तुर्शीनोबले आक्रमणमा रुसमा निर्माण भएको एन्टी एयर क्राफ्ट सिस्टमको प्रयोग भएको दावी गरेका छन् । उनले रुसले विद्रोहीलाई विभिन्न हातहतियार सहयोग गरेको आरोप लगाउनुभएको छ । पछिल्लो समयमा पृथकतावादीहरुले युक्रेनका सेनाविरुद्ध पटक–पटक आक्रमण गरिरहेका छन ।