प्रेस युनियन अध्यक्षमा कोइराला

काठमाण्डु टुडे २०७१ जेठ ११ गते २:०५ मा प्रकाशित

बनेपा, ११ जेठ– नेपाल प्रेस युनियन काभ्रेको अध्यक्षमा कपिल कोइराला निर्वाचित भएका छन् ।
युनियनको पाँचौं जिल्ला अधिवेशनबाट कोइराला अध्यक्ष निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा नगेन्द्र अधिकारी, सचिवमा मधुसूदन तिमिल्सिना, कोषाध्यक्षमा मोहनकृष्ण तिमिल्सिना विजयी भएका छन् ।

सदस्यहरुमा सम्झना हुमागाईं, देवराज केसी, सन्तोष तिमिल्सिना, प्रकाश हुमागाईं, श्रीहरि अधिकारी, सरोज अधिकारी र इन्द्रबहादुर थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनले १९ जना केन्द्रीय पार्षद्समेत निर्वाचित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us