एमाओवादीले उपनिर्वाचनको उम्मेद्वार तोक्यो

काठमाण्डु टुडे २०७१ जेठ १० गते १३:५५ मा प्रकाशित

काठमाण्डु, १० जेठ– एकीकृत नेकपा माओवादीले आगामी असार ८ गते हुने संविधानसभा उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
maoist-flagशनिबार बसेको केन्द्रीय समिति बैठकले काठमाण्डु–२ मा लीलामणि पोखरेल, चितवन–४ मा खुशीराम पाख्रिन, बर्दिया–१ मा भुवनकुमार थारु र कैलाली– ६ मा रामसमझ रानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पोखरेल गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाण्डु– २ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पराजित भएका थिए । बदिर्या– १ का लागि उम्मेदवार बनाइएका चौधरी पनि एमाले उपाध्यक्ष वामदेव गौतमसँग हारेका थिए ।

नेपाली काँग्रेस र एमालेले भने उपनिर्वाचनका लागि यसअघि नै उम्मेदवार तय गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us