किशोरी अपहरण गरी सात लाख फिरौती माग्ने पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ १० गते ९:२१ मा प्रकाशित

इलाम, १० जेठ– किशोरी अपहरणमा संलग्न रहेको आरोपमा पाँचथर चिलिङ्देन–१ निवासी कुवेरमान नेम्बाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि पाँचथर लुङरुप्पा–६ निवासी १५ वर्षीया एक किशोरीलाई इलामको फाकफोक–३ स्थित आफन्तको घरबाट गत जेठ १ गते राति अपहरण गरेको आरोप प्रहरीले लगाएको छ ।

किशोरीलाई अपहरण गरी करिब दुई किलोमिटर टाढाको हेलान चौतारामा पुर्‍याएर सात लाख फिरौती मागेका थिए । अपहरणकारीले फोनमा कुरा गरिरहेको मौका छोपी किशोरी भाग्न सफल भएकी थिइन् ।
किशोरीले दिएको बयानका आधारमा अपहरणकारी नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us