
काठमाण्डु, १० जेठ –प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो भारत भ्रमणबारे पार्टीका नेताहरुसंग छलफल गरेका छन् ।
वालुवाटारमा पार्टीका पदाधिकारीहरुलाई बोलाएर प्रधानमन्त्री कोइरालाले भारत भ्रमणका विषयमा छलफल गरेकाे उनकाे निजी सचिवालयले जनाएको छ ।
बैठकमा काँग्रेसका नेताहरुले सपथ ग्रहण समारोहका लागि हुने यो भ्रमण औपचारिकताको लागि मात्रै हुने भएकोले महत्वपुर्ण विषयमा प्रवेश नगर्न र सामान्य भेटघाट मात्रै गर्न सुझाव दिएको स्रोतले जनाएको छ ।
यस्तै प्रधानमन्त्री कोईरालाले आफ्नो भारत भ्रमणको बारेमा परराष्ट्र विदहरुसंग पनि छलफल गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहका लागि कोइराला पर्सि भारत जाँदै छन् ।