काठमाण्डुमा मौसम बदली

काठमाण्डु टुडे २०७१ जेठ १० गते ८:२२ मा प्रकाशित

काठमाण्डु, १० जेठ – सहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । काठमाण्डूका केही ठाउँमा अहिले सामान्य हुरीवतास सहित पानी परिरहेको छ ।
लामो खडेरपछि पानी पर्दा राहत महसुस भएको छ । पश्चिमी वायुको प्रभावले हिजोदेखि नै मौसम बदली भएको हो ।
विशेष गरी पूर्वी क्षेत्रको तराई र पहाडी भेगमा आज पनि पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले बताए ।
मध्य र पश्चिमी क्षेत्रका पनि पहाडी भेगमा पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसो र राती पूर्वी तराई क्षेत्र तथा धेरैजसो पहाडी क्षेत्रमा पानी परेको छ ।
महाशाखाका अनुसार विराटनगरमा ३० दशमलव २, पोखरामा ७ तथा जुम्लामा ४ दशमलव ८ मिलिमिटर पानी परेको छ । अरु ठाउँमा भने फाट्टफूट्ट पानी परेको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us