एअाईजी बढुवा छिट्टै–गौतम

काठमाण्डु टुडे २०७१ जेठ १० गते ७:५२ मा प्रकाशित

bamdevविराटनगर, १० जेठ – उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीको नियमावलीले पूर्णता पाएकाले अब चाँडै नै सात जना प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा प्रक्रिया सञ्चालन हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले प्रहरी निमावलीलाई लोकसेवा आयोगले सहमति दिएको हुनाले सरकारले अब बढुवा प्रक्रिया चाँडै नै सुरु गर्ने बताए ।

अर्को एक प्रसङ्गमा उपप्रधानमन्त्री गौतमले मन्त्रिपरिषद् गठन भएको तीन महिना पनि नपुगेको अवस्थामा सरकारको विरोध गर्नुको कुनै अर्थ नभएको जिकिर गरे ।

वर्तमान सरकारले अवरुद्ध संविधानसभा सुचारु गरेको, राष्ट्रिय योजना आयोग गठन गरेको र संविधान निर्माणका लागि विविध उपलब्धिमूलक काम गरेकाले सरकारको आलोचना गर्नुको अर्थ नभएको गौतमको भनाई छ ।

गृहमन्त्री गौतमले स्थानीय निकायको निर्वाचनका लागि सरकार पूर्ण तयारीमा रहेको उल्लेख गर्दै सबै दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us