अवैध सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ जेठ १० गते ७:३४ मा प्रकाशित

वीरगञ्ज, १० जेठ – अवैध सामान लोड गरिएको एउटा ट्रक पर्सा प्रहरीले लिपनीबिर्ताबाट नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट पथलैया तर्फ जाँदै गरेको ना ४ ख २१४८ नम्बरको ट्रकमा चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान फेला परेकाले ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएको सामानसहितको ट्रकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले पर्साको विश्रामपुर गाविस वडा नम्बर ६ बाट गएराति एकसय ५० केजी गाँजा बरामद गरेको छ । सशस्त्र वेशक्याम्प बहुअर्वाभाठाबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलीलाइ देख्ने बित्तिक्कै तस्करहरुले गाँजा फालेर भागेकाले उनिहरुलाइ पक्राउ गर्न नसकिएको सशस्त्र प्रहरीले दावी गरेको छ । बरामद गरिएको गाँजा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us