लागू औषध कारोबारी पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ ८ गते १२:०४ मा प्रकाशित

सुर्खेत, ८ जेठ – बाँके जिल्ला कोहलपुर–८ पिपरी बस्ने ३५ बर्षीया पार्वती शर्मालाई प्रहरीले अवैध लागूऔषध चरेश १२ किलो सहित पक्राउ गरेको छ । भेरी अंचल व्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले उनलाई आज ०४ः०० बजे छिन्चु–७ स्थित चमेरे जंगलको बाटोबाट प्लाष्टिकमा बेरी राखेको २४ वटा पोकामा रहेको उक्त चरेश सहित पक्राउ गरेको थियो । फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौँ – युक्रेन नागरिक राहदानी नम्बर के.सी.४३१७८७ बाहक २४ बर्षीया बालाशोभा अनास्तासिया र गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका–२ धारापानी घर बताउने २५ बर्षीय सुरेश गान्धारीलाई काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटबाट एलएसडी ड्रग्स स्टिीकर ८४ पिस र अवैध लागूऔषध चरेश १७ ग्राम सहित जेठ ५ गते प्रहरीले फेला पारी पक्राउ गरेको छ ।

यसअघि १ सय २९ पिस एलएसडी ड्रग्ससहित पक्राउ परेका जर्मन नागरिक फ्लोरियन जोहन्नेस भ्यालेनको बयानअनुसार निजहरुसमेतले उक्त लागूऔषधको कारोबार गर्दछन् भन्ने जानकारी पाएपछि लागू औषध नियन्त्रण व्यूरो काटेश्वरबाट जेठ ४ गते खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us