साथीको गृहकार्य सार्दा ज्यानै गयो

काठमाण्डु टुडे २०७१ जेठ ७ गते १२:२९ मा प्रकाशित

काठमाण्डु , ७ जेठ – चीनमा आफ्नी ११ वर्षीया छोरीले आफैले गृहकार्य नगरेको भन्दै निर्घात पिटेपछि बुबाको पिटाइबाटै उनले ज्यान गुमाउनु परेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाले दिएको समाचारअनुसार ती बालिकाका बुबाले अर्काको गृहकार्य सारेको भन्दै छोरीलाई कुटपिट गरेका थिए ।

कक्षमा आफ्नो साथीको गृहकार्य सारेर घर लगेकी ती छोरीलाई उनले सोही निहुँमा पिटेका थिए । सोही पिटाइबाट उनको ज्यान गएको छ । ती बुबाले छोरीलाई उभिएर टाउको निउरी पार्न र हात माथि उठाएर बस्न लगाएका र सोही समयमा निकै कुटेका थिए ।

कुटाइबाट अचेत भएकी छोरीलाई उनले नै अस्पताल पु¥याएका बताइएको छ । अस्पताल पु¥याउनासाथै ती बालिकाले सास फेर्न छोडेकी थिइन् ।

चीनको हाङ्जाउमा सो घटना भएको थियो । बुबाले हाङ्जाउकै अस्पतालमा पु¥याएका र लगत्तै उनको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

उक्त घटना हालै भएको एक प्रहरी प्रतिवेदनमा दिइएको सो समाचार समितिले जनाएको छ । सो अस्पतालका चिकित्सक सिन्दाई जिन्बाओले भने– बालिकाको घाँटी र शरीरको पछिल्लो भागमा निकै चोटपटक लागेको थियो र सोही चोटका कारण उनको मुटुसम्म नै असर परेको जानकारी दिए ।

चीनमा यसरी बालबालिकामाथि हुने क्रुर सजायको यो पछिल्लो एक घटना हो । चीनमा बालबालिकामाथि हुने यस्ता सजायका नामका क्रुरताले विश्वकै ध्यानाकर्षण गर्ने गरेको छ ।

चिनियाँ अभिभावकहरुले आफ्ना बालबालिकालाई पढाईका कारण निकै यातना दिने गरेका घटनाहरु आइनै रहेका पाइन्छन् ।

उनीहरुले बालबालिकालाई राम्रो पढाई नभएको, अनुशासन पालना नगरेको भन्दै कडा सजाय दिने गर्छन र यसका कारण बर्सेनि कयौं बालबालिकाको आमाबुबाकै सजायका कारण ज्यान जाने गर्दछ ।
चीनमा परीक्षा केन्द्रित शिक्षा प्रणाली रहेको र बालबालिकाले प्राप्त गर्ने परीक्षाको प्राप्ताङ्कका कारण मात्र अवसरहरु पाउने भएकाले पनि आमाबुबाले बालबालिकाको पढाइमा बढी चासो राख्ने गरेका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us