भारतमा बस दुर्घटनामा १७ को मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ ६ गते १३:२५ मा प्रकाशित

काठकाण्डु, ६ जेठ – भारत अधिनस्थ काश्मीरमा मङ्गलबार भएको एक बस दुर्घटनामा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ ।

भारत अधिनस्थ काश्मीरमा एक बस खाल्डोमा खस्दा भएको सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी अन्य अन्य ३४ यात्रु घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

श्रीनगर सहरदेखि १३० किलोमिटर दक्षिणमा पर्ने राम्बान जिल्लाको दिग्डोल क्षेत्रमा स्थानीय समायाअनुसार मङ्गबार बिहान २ बजे सो घटना भएको जनाइएको छ ।

उक्त बसमा ५१ व्यक्ति सवार रहेका र ती मध्ये १७ को मृत्यु भएको र ३४ घाइते भएका प्रहरी प्रवक्ताले बताउनुभएको छ ।

घाइतेमध्ये केही व्यक्तिको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत प्रहरीको अनुमान रहेको छ ।

प्रायः पहाडी इलाका भएको यस काश्मीरमा खराब सडक, क्षमता भन्दा बढी यात्रु सवार हुने कारणबाट नै बारम्बार सडक दुर्घटना हुने गरेको बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us